कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
त्रिवेणी (नवलपरासी), ७ असारः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कालीगण्डकी नदी किनारलाई धार्मिक, पर्यटकीय तथा मनोरञ्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पदमार्ग निर्माण प्रारम्भ भएको छ । गाउँपालिकाले कालीगण्डकी किनारको बालीघाट क्षेत्रबाट पदमार्ग निर्माण थालिएको हो ।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटकीय सम्भावनालाई एकसाथ जोड्दै क्षेत्रको समग्र विकास गर्ने लक्ष्यसहित पदमार्ग निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । “नदी किनारको सुन्दर दृश्यसँगै यहाँ रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय आकर्षणलाई एकापसमा जोड्ने उद्देश्यले पदमार्ग निर्माण थालेका हौँ”, अध्यक्ष ओझाले भन्नुभयो ।
गाउँपालिकाले दीर्घकालीन योजनाअनुसार उक्त पदमार्गलाई बालीघाटस्थित आँप बगैँचा, कालीगण्डकी किनार वर, पीपल स्वामीचौतारी, गैँडाअल्प झरना, चम्के ओडारलगायत स्थानसँग जोड्ने लक्ष्य छ । हाल ‘ट्र्याक’ खोलिएको, निर्माणलाई चरणबद्ध रूपमा अघि बढाइने र राष्ट्रिय रोजगार कार्यक्रममार्फत जनशक्ति परिचालन गरी पदमार्ग निर्माणलाई अझ व्यवस्थित बनाइने जनाइएको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया