योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
काठमाडौँ, ७ असारः राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको छ । बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गर्नुभएको हो । योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न तथा सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभएको छ ।
सन्देशमा योगसम्बन्धी अध्ययन, अनुसन्धान तथा ऐतिहासिक एवं पुरातात्विक तथ्यले हाम्रो मुलुक योगभूमिका रूपमा रहेको पुष्टि गर्दै आएको उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलले योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गका रूपमा स्थापित गर्दै यसको विकासका लागि थप कार्य गर्न आवश्यक भएको बताउनुभएको छ । योग अभ्यासबाट दैनिक कार्यक्षमता, रोग प्रतिरोधात्मक क्षमता र पाचन प्रणाली सुदृढ हुने तथा सकारात्मक सोचको विकास भई आन्तरिक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्दै उहाँले योगले ज्ञान, कर्म, चेतना र स्थिरतातर्फ डो¥याउने भएकाले स्वस्थ जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।
विश्वव्यापी रूपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौँ वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश भएको बताउँदै राष्ट्रपतिले आधुनिक जीवनमा बढ्दो तनाव, प्रदूषण र प्रतिस्पर्धाबाट प्रभावित मानव जीवनलाई सहज, सरल र स्वस्थ बनाउन योगलाई जीवनशैलीका रूपमा अपनाउनुपर्नेमा जोड दिनुभएको छ । सन्देशमा उहाँले विश्व योग दिवसले सबैमा सकारात्मक ऊर्जा प्रदान गर्दै शारीरिक, मानसिक, आध्यात्मिक र भावनात्मक रूपमा स्वस्थ तथा सुखी रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया