Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठसमाचारसभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह

सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह


चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार असिम शाहले पार्टीमा कुनै गुटउपगुट नभएको बताउनुभएको छ । रास्वपाको महाधिवेशनस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टीमा कुनै गुट उपगुट छैन भन्नुभयो । उहाँले भन्नुभयो, “सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ ।

उहाँले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यही सकिएको बताउनुभयो । उहाँले थप्नुभयो, “पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।

संविधान संशोधन कार्यदलको संयोजक रहनुभएका साहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसारनै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “दलको आ–आफ्नो धारणा हुन्छ । बहसपत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौं ।”



तपाईको प्रतिक्रिया