झापा गाउँपालिकाः बीस वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
झापा, ११ असारः झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप रु १० हजार नगद प्रदान गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, बजेट तथा वार्षिक कार्यक्रमअन्तर्गत बालविवाह अन्त्यका लागि २० वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन गर्ने नीति ल्याएको हो ।
सानै उमेरको विवाहले किशोरीहरूको स्वास्थ्य, शिक्षा, मानसिक विकास र समग्र भविष्यमा नकारात्मक असर पार्छ”, गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले भन्नुभयो, “यसलाई रोक्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हो ।
आदिवासीको बाहुल्य बसोबास रहेको यस पालिकामा जरा गाडेर बसेको बालविवाहको कुप्रथालाई न्यूनीकरण तथा अन्त्य गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा रु २० लाख रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जसबाट करिब २०० किशोरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ ।
प्रोत्साहन भत्तासम्बन्धी नीतिले किशोरीहरूलाई उमेर पुगेर मात्र विवाह गर्न आत्मबल र प्रेरणा दिने तथा समुदायमा बालविवाहविरुद्ध सचेतना फैलाउन मद्दत पुग्ने आशा लिइएको कार्यवाहक अध्यक्ष थपलियाले बताउनुभयो । पालिकाले आव २०८३/८४ का लागि रु ५३ करोड ९३ लाख ९९ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ । गत वर्षको तुलना आगामी आवमा रु दुई करोड ५१ लाख ५५ हजार ४६४ वढी बजेट आएको हो । यसैबीच, झापाका १५ वटै स्थानीय तहले बुधबार अनुमानित बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया