महाराजगञ्जमा नयाँ शोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल ईभी
काठमाडौं, १२ असार ।
नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकोर्पले महाराजगञ्जमा नयाँ स्टेट अफ आर्ट शोरुम उद्घाटन गरेर काठमाडौंमा आफ्नो उपस्थिति अझ बलियो बनाएको छ । एमएडब्लुले एपोलो मोटर्सलाई आफ्नो नयाँ डिलरको रूपमा नियुक्त गर्दै नेपाली उपभोक्तामाझ सहज ढंगले विश्वस्तरीय ईभी पुर्याउने उद्देश्यमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।
दिपलको नयाँ शोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली तथा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रूपमा गरेका हुन् ।
“नेपाली ईभी बजार एउटा रोमाञ्चक मोडमा आइपुगेको छ, र दिपलले यो रूपान्तरणको नेतृत्व गरिरहेको छ,” उद्घाटन कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, “दिपलमा एउटा लिगेसी ब्रान्ड बन्ने सबै सम्भावनाहरू छन् र एमएडब्लु यो ब्रान्डलाई दशकौंसम्म टिक्ने लिगेसी ब्रान्डका रूपमा स्थापित गर्न प्रतिबद्ध छ ।”
उनले दिपलको मागलाई पूरा गर्न विभिन्न सहरमा शोरुम र सर्भिस सेन्टर विस्तार गर्ने एमएडब्लुको उद्देश्यबारे पनि जानकारी गराए ।
उद्घाटन समारोहमा फ्युचरिस्टिक आयाम थप्दै अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डगलाई प्रदर्शनीमा राखिएको थियो, जसले उपस्थित अतिथिलाई कृत्रिम बौद्धिकता र स्वचालनमा चाङ्गानको दूरदर्शी दृष्टिकोणको प्रत्यक्ष अनुभव दिलाएको थियो ।
कार्यक्रममा एपोलो मोटर्सका निर्देशक सुयश ज्ञवालीले दिपलको काठमाडौंको आधिकारिक डिलर बन्न पाउँदा हर्षित भएको बताए । “यो एउटा कार शोरुम मात्र होइन, यो दिपलका आकांक्षित ईभी मोडलहरूको वास्तविक अनुभव गर्ने एउटा गन्तव्य पनि हो,” उनले भने ।
उद्घाटनकै दिन २० जना ग्राहकलाई दिपल ईभी डेलिभरी गरिएको थियो । कार्यक्रममा दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवालीले नयाँ ग्राहकलाई चाबी हस्तान्तरण गरेका थिए ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया