लेखनाथ (कास्की), १३ असारः अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु भएपछि कास्कीका किसानले समयमै धानरोपाइँ गर्न पाएका छन् । जिल्लाका २६ हजार हेक्टर क्षेत्रफलमा धान खेतीगरिँदै आइएको छ । जिल्ला कृषिविकास कार्यालयका कृषि प्रचारप्रसार अधिकृत रामकृष्ण अर्यालका अनुसार यहाँका चार पालिका र एक महानगरपालिका २६ हजार हेक्टर धानखेतमध्ये ४७ प्रतिशतमा धान रोपाइँ सकिएको हो । सिँचाइ कुलो लाग्ने खेतमा अधिकांश रोपाइँ भइसकेको उहाँले जानकारीे दिनुभयो ।
गाउँका टारी खेतमा पानीका मुल अझै नफुटेका कारण रोपाइँ हुन सकेको छैन, अर्यालकाअनुसार दुई चार दिनलगातार वर्षा भयो भने टारी खेतमा पनि धान रोपाइँ हुन्छ । सिँचाइ भएका र धानका पकेट क्षेत्र मानिदै आएका फाँटहरु कुँडहर, शिशुवा, फेवाफाँट, विरुवा, सार्दीखोला, लाचोक, हेम्जा, सुइँखेत खुदी, भलाम, बुडुवा सातमुहाने देउराली, सुरौदी, अर्मला, आर्बा फाट, मादीबेसी, मकैखोला, वेगनास तालबेसी जस्ता फाँटका अधिकांश किसानले धान रोपाइँ गरिसकेको अर्यालले बताउनुभभयो । वार्षिक ८५ हजार मेक्टिकटन धान उत्पादन हुँदै आएको कास्कीमा बढीमात्रामा उन्नत जातका धानका बीउहरु रोप्ने गरिएको जानकारी उहाँले दिनुभयो ।
ती जातका धानबालीले बढी उत्पादन दिने भएपछि किसान उन्नतजातको धानप्रति आकषित हुने गरेका छन् । कास्कीमा रैथाने धान जेठोबुढो, गुर्दी, मन्सरा, अनदीबढी हुने गरेको भएपनि पछिल्ला वर्षमा त्यस्ता रैथाने धान कम लगाउने गरिएको पाइएको छ । अधिकांश किसानले उन्नत मनसुली, खुमल, रामधाम, सावित्रीजस्ता जातहरु लगाउँदै आएको जानकारी जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख सुदीप खतिवडाले दिनुभयो । कृषि विकास कार्यालयले सुधारिएको धानको बीउ किसानलाई अनुदान दिँदै आएको र यस वर्ष पनि उक्त बीउको लागि आठ लाख रुपैयाँ छुट्टिएको छ, श्रोत बीउ, औजार, उपकरण वितरण, भण्डारण र वर्गीकरण गर्ने गरेका छौँ ।
कार्यालयले वार्षिक रूपमा उत्कृष्ट किसानलाई पुरस्कृत गर्दै आएको छ । पोखरा–२४ कास्की कोटका किसान जीवन सुवेदीले यस वर्ष बेलैमा धान रोपाइँ गर्न पाएकोमा खुसी व्यक्त गर्दै धानको उत्पादन बढ्ने आशा गर्नुभएको छ । रासायनिक मलमा कुनै पनि कृषि सहकारीले कालोकजारी गरी बढी मूल्यमा बिक्री नगरुन भनेर नै अनुगमन गरिरहेको जानकारी उहाँले दिनुभयो । पछिल्लो समय गोरुको सट्टा ट्याक्टरबाट खेत जोति रोपाइँ गर्ने भएकाले पनि एकै दिन धेरै क्षेत्रफलको जमिनमा धान रोपाइँ गर्न सकिने बताउनुभयो । समयमै मनुसन सुरु भएकाले र प्राकृतिकप्रकोप तथाकुनै रोग नलागेमा अघिल्लो वर्षको तुलनामा यस वर्ष कास्कीमा धानको उत्पादन बढ्ने अनुमान कृषि विकास कार्यालय कास्कीको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया