‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत
गोदावरी (कैलाली), १५ असारः कैलालीको गौरीगङ्गा नगरपालिका–१ मा सञ्चालन गरिएको करारखेती प्रवर्द्धन कार्यक्रमले किसानलाई राहत पुगेको छ । नगरपालिकाले स्थानीयको पाँच बिघा जमिन भाडामा लिएर कृषक समूहमार्फत तरकारी र फलफूलखेती गर्न थालेपछि कृषकलाई आयआर्जन गर्न ठूलो राहत मिलेको हो । स्थानीय जागृती पशु फलफूल तथा तरकारी कृषक समूहलाई विसं २०८१ देखि वार्षिक रु एक लाख ८३ हजारमा पाँच वर्षका लागि जग्गा भाडामा लिएर गत फागुनदेखि तरकारी र फलफूलखेती गराएको गौरीगङ्गा नगरपालिकाका नगर उपप्रमुख भोजबहादुर बमले जानकारी दिनुभयो । उक्त जमिनमा समूहका पाँच जना कृषकले तरकारी तथा फलफुल उत्पादन गरी आत्मनिर्भर बनिरहेको उहाँको भनाइ छ ।
उक्त कार्यक्रम सफलतातिर उन्मुख रहेकाले नगरपालिकाको अन्य क्षेत्रमा पनि कार्यक्रम विस्तार गर्न लागेको छ । नगरपालिकाले जमिन सहुलियत भाडादरमा उपलब्ध गराएर तरकारीखती गरिरहेको समूहका सचिव राजेश बुढाले बताउनुभयो । कृषकले त्यस जमिनमा बेमौसमी तरकारी फर्सी, लौका, भिन्टी, बोडी, भान्टा, खुर्सानी, वसन्ते मकै उत्पादन गर्दै आएका छन् । उनीहरुले मौसमअनुसारको काउली, बन्दा, ब्रोकाउली, सिमी गाजर, मुला धनियाँ, भान्टा, आलु, मटर र गाजर उत्पादन गर्ने सोच बनाइसकेका छन् । बेमौसमी तरकारी उत्पादनबाट रु ७५ हजार र मौसमी तरकारीबाट रु चार लाख ५० हजारको बिक्री गर्दै आएको बताउनुभयो ।
समूहले उत्पादन गरेको तरकारी स्थानीय बजारमा खपत हुने भएकाले सबै खर्च कटाएर समूहमा रु एक लाख ५० हजार बचत भएको समूहले जनाएको छ । नगरपालिकाका कृषि प्राविधिक विनोद चौधरीले जमिन नभएका कृषकलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम सुरु गरेकामा छोटो समयमै सफल नतिजा प्राप्त भएको धारणा व्यक्त गर्नुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया