यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ :
, १५ असारः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राईल मन्सुरीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादन लागत घटाउन प्रविधिमैत्री एवं यान्त्रिकीकरणमा जोड दिइने बताउनुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा कृषि ज्ञान केन्द्रले आज आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा उहाँले नेपालको पूर्वी क्षेत्र मुलुककै कृषि उत्पादनका हिसाबले अग्रणी रहेको धारणा राख्नुभयो ।
देशको प्रमुख अन्नबालीका रूपमा रहेको धान बाली प्रवद्र्धनका लागि जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्र्ने योजना र कार्यक्रम ल्याइने बताउदै प्रदेश मन्त्री मंसुरीले किसानलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन प्रदेश सरकारले विशेष बैङ्क कर्जा र ब्याजअनुदानको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रहरी उपरीक्षक केशवकुमार थेबे, जिल्ला समन्वय समिति सुनसरीका उपप्रमुख कमला खतिवडा, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमलअख्तर अजादलगायतको सहभागिता रहेको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया