पश्चिम एसियामा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कडा चेतावनी दिएको छ । इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाघ्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको छ । तस्निम समाचार संस्थाका अनुसार बेलायतीले बहराइनलाई आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उक्साहटको जवाफ इरानले कडा रूपमा दिने बताउनुभयो । इरानले अमेरिकाले आफ्नो विरुद्ध सैन्य कारबाही गर्न खाडी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।
तेहरानले शुक्रबार र शनिबार बहराइनस्थित अमेरिकी नौसैनिक अड्डालाई निशाना बनाएको दाबी गरेको थियो । तर बहराइनसहित खाडीका अन्य मुलुकहरूले उक्त आरोप अस्वीकार गरेका छन् । बहराइनले पछिल्ला आक्रमणले आफ्नो सार्वभौमिकताको उल्लङ्घन गरेको र क्षेत्रीय स्थिरता कमजोर बनाएको जनाएको छ । यसबीच अमेरिका र इरानबीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन् । एक्सियोसका अनुसार दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका छन् र प्राविधिक तहका वार्ता जारी राख्न सहमत भएका छन् ।
हालको तनावको केन्द्रमा हर्मुज जलघाँटी रहेको छ । व्यापारिक जहाजहरूको आवागमन र सुरक्षासम्बन्धी सम्झौताका विभिन्न व्याख्याका कारण दुवै पक्षबीच मतभेद बढेको हो । प्रारम्भिक समझदारीअनुसार इरानले जलमार्गको सुरक्षा सुनिश्चित गर्ने र अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति भएको थियो । गत साता स्विट्जरल्यान्डमा भएको वार्तामा अमेरिकी र इरानी पक्षबीच जलमार्गमा हुने ढुवानी समन्वयका लागि प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो ।
तर इरानले जहाजहरूले आफ्नो सेनासँग प्रत्यक्ष समन्वय गर्नुपर्ने नयाँ माग अघि सारेपछि उक्त योजना कार्यान्वयन हुन सकेन । इरानले अमेरिकाले समझदारीका मुख्य सर्तहरू पूरा नगरेको आरोप लगाउँदै निर्धारित प्राविधिक वार्ता रद्द गरेको छ । इरानी अधिकारी मेहदी फजाइलीले इरानका रोक्का गरिएका वित्तीय सम्पत्तिमा पहुँच उपलब्ध गराउने विषय पनि वार्ता अवरुद्ध हुनुको एउटा प्रमुख कारण रहेको बताउनुभयो । पश्चिम एसियामा पछिल्ला सैन्य गतिविधि, हर्मुज जलघाँटीको सुरक्षा र अमेरिकी सैन्य उपस्थितिलाई लिएर बढ्दो तनावका बीच इरानको बहराइनप्रति आएको यो चेतावनीले क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता उत्पन्न गरेको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया