चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
झापा, १६ असारः चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको १० हेक्टर जमिनमा आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरूवाहरू रोप्न सुरु गरेको छ । भद्रपुर नगरपालिका–९ र १० मा अवस्थित वनमा असारभित्रै १५ हजार विभिन्न वनस्पतिका बोटविरुवा रोपिने वन समितिका अध्यक्ष अनुज खतिवडाले जानकारी दिनुभयो । उहाँले डिभिजन वन कार्यालय झापाको सहकार्यमा बिरुवा रोपन सुरु गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार खाली जमिनमध्ये १५ बिघामा रोपिने आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरूवा आइतबारदेखि सुरु गरिएको छ । डिभिजन वन कार्यालय झापाको रु १५ लाख ५० हजार तथा वन समूहको रु दुई लाख २५ हजार लागत सहभागितामा वृक्षरोपण सम्पन्न गरिने समितिका अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । उहाँले श्रीखण्ड, अगरू जस्ता दुर्लभ वनस्पतिदेखि बडहर, लटहर, बयर जस्ता फल तथा शतिसाल, वीरेन्द्र फूललगायत बिरूवा रोप्न थालिएको बताउनुभयो ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहियार यादवले हरित पर्यटन विकास तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपणलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको भन्दै वनले ९० प्रतिशत बिरूवा हुर्काउने शर्तमा कार्यक्रम दिइएको बताउनुभयो । कुल ३४९ हेक्टर क्षेत्रफलमा फैलिएको यस चन्द्रगढी सामुदायिक वनमा यसअघि साल, कर्मा, जामुन र टिक जस्ता रैथाने प्रजातिका रुखहरूको बाहुल्यता रहँदै आएको छ । हाल भइरहेको नयाँ प्रजातिका बोटबिरुवाको वृक्षारोपणले यहाँको जैविक विविधतालाई थप मजबुत बनाउने विश्वास गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो ।
वनभित्र रहेका प्राकृतिक सिमसार र पोखरीहरूका कारण यहाँ विभिन्न रैथाने तथा आगन्तुक चराचुरुङ्गीहरूको राम्रो बासस्थान रहेकाले चरा अवलोकनका लागि पर्यटकहरू आउने गरेका छन् । वन समितिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न वनभित्र व्यवस्थित वनभोज स्थल, बाल उद्यान, विश्रामस्थल र प्रकृतिको आनन्द लिनका लागि पर्यावरणीय पदयात्रा मार्गसमेत निर्माण गरेर पर्यापर्यटनका गतिविधिहरूलाई तीव्रता दिएको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया