स्थानीयवासीका सहयोगमा प्रहरी भवन पुनर्निर्माण
कास्की, १८ असारः पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा पुनर्निर्माण गरिएको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको भवन स्थानीय समुदायको सक्रियताबाट पुनर्निर्माण भर्ई हस्तान्तरण गरिएको छ ।
आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको प्रहरी भवन स्थानीयकै पहलमा पुनः सञ्चालनयोग्य बनेपछि समुदाय र प्रहरीबीचको सहकार्यको उदाहरणका रूपमा हेरिएको छ । पोखरा महानगरपालिका २८, २९ र ३० नम्बर वडाको पहलमा गठन गरिएको पुनर्निर्माण समितिले करिब रु पाँच लाख बराबरको लागतमा भवनको मर्मत तथा पुनर्निर्माण सम्पन्न गरेको हो । समितिका अध्यक्ष कुशल गुरुङको नेतृत्वमा स्थानीयवासी, समाजसेवी तथा विभिन्न पक्षको सहयोग जुटाएर भवनलाई पुनः प्रयोगयोग्य बनाइएको थियो । पुननिर्मित भवन जिल्ला प्रहरी कार्यालय कास्कीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी केवल प्रहरीको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो ।
समुदाय र प्रहरीबीच विश्वास, सहकार्य र सहभागिता बलियो हुँदा मात्रै समाजमा दिगो शान्ति, अमनचयन र कानुनी शासन स्थापित गर्न सकिन्छ । आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी भवन पुनर्निर्माणका लागि स्थानीय समुदायले देखाएको अग्रसरताले नागरिक प्रहरी साझेदारी र सम्बन्धलाई थप सुदृढ बनाउँछ । प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो । निर्माण समितिका संयोजक कुशलले प्रहरी कार्यालय स्थानीय नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिएको संस्था भएकाले यसको पुनर्निर्माणलाई सामाजिक उत्तरदायित्वका रूपमा लिएको बताउनुभयो ।
सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको साझेदारी अझ सुदृढ बनाउन यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्नेछ ।” उहाँले भन्नुभयो । गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा वडा प्रहरी कार्यालय गगनगौडामा आगजनी तथा तोडफोड हुँदा भवनमा क्षति पुगेको थियो । त्यसयता अस्थायी व्यवस्थापनमार्फत सेवा सञ्चालन हुँदै आएकोमा स्थानीय समुदायको सहयोगमा भवन पुनर्निर्माण सम्पन्न भएपछि प्रहरी सेवा अझ व्यवस्थित र प्रभावकारी विश्वास स्थानीयले गरेका छन् ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया