वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक
काठमाडौँ, २४ असारः वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ । शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएकोे सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईँलगायतले मंगलबार सार्वजनिक गर्नुभयो ।
सो अवसरमा शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ उपन्यास आम पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “‘बखान’ उपन्यासको माग उच्च रहेको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली भाषीको रोजाइमा कृति रहेको छ ।
उपन्यासमा चितवनको इतिहास, २००७ सालको बन्दीपुर क्रान्ति र २०१८ सालको भरतपुर क्रान्तिलाई तथ्यपरक तथा साहित्यिक शैलीमा सरल भाषामा सटिक मा प्रस्तुत गरिएको छ । नेपालका पहिलो सहकारी अभियन्ता तथा समाजसेवी बखानसिंह गुरुङको जीवनसङ्घर्षलाई केन्द्रमा राखेर लेखिएको यस उपन्यासले चितवनको सामाजिक, राजनीतिक, सांस्कृतिक तथा ऐतिहासिक रूपान्तरणलाई आख्यानात्मक शैलीमा जीवन्त रूपमा चित्रण गरेको छ ।
साथै, देशमा भएका विभिन्न क्रान्तिका पृष्ठभूमिसँगै चितवनको बस्ती विकास र जैविक विविधता संरक्षणका विषयलाई पनि उजागर गरिएको छ । श्रष्टा पराजुलीले ‘बखान’ पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएकाले कृतिको दोस्रो संस्करण प्रकाशन हुनु उपलब्धि र गौरव भएको बताउनुभयोे । उहाँले भन्नुभयो “म ‘बखान’ प्रति माया, विश्वास र निरन्तर साथ दिने सम्पूर्ण पाठकप्रति हार्दिक आभार तथा नमन गर्न चाहन्छु ।
अगामी दिनमा यस्तो माया पाइरहने अपेक्षा समेत गर्न चाहन्छु । ” पत्रकारितासँगै साहित्यक सृजनामा सक्रिय श्रष्टा पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रिमी आइज’ प्रकाशित भइसकेका छन् । ‘बखान’ भने ऐतिहासिक विषयवस्तुमा आधारित उहाँको चर्चित उपन्यासका रूपमा स्थापित भएको छ । उहाँ नेपाल पत्रकार महासङघ् चितवन जिल्ला शाखाको अध्यक्ष हुनुुहुन्छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया