‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको सँगालो’ सार्वजनिक
काठमाडौँ, २५ असारः सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले ‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको सँगालो’ सार्वजनिक गरेको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलसहित सरोकारवाला व्यक्तिले उक्त सँगालो सार्वजनिक गर्नुभएको हो । नेपालको न्यायापालिकाको सुधार गर्दै प्रभावकारी फैसला कार्यान्वयनका लागि सँगालो महत्वपूर्ण दस्ताबेज हुने बताउँदै मुख्य रजिष्ट्रार पौडेलले वास्तविक न्यायका लागि फैसला कार्यान्वयन प्रभावकारी रूपमा हुनुपर्नेमा जोड दिनुभयो ।
तथ्याङ्कअनुसार एक लाख २१ हजार वर्षभन्दा बढी कैद असुल हुन बाँकी रहेको उल्लेख गर्दै उहाँले करिब रु ३४ अर्ब बढी जरिवाना असुल गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । प्रकाशित सँगालो फैसला कार्यान्वयनमा सहयोगी माध्यम बन्ने मुख्य रजिष्ट्रार पौडेलले विश्वास व्यक्त गर्नुभयो । “फैसला कार्यान्वयन न्यायालय एक्लैले चाहेर पनि सम्भव हुँदैन ।
यसमा नेपाल प्रहरी, स्थानीय तह, वडालगायत सम्बन्धित निकायको सहयोग जरुरी छ”, उहाँले भन्नुभयो, “राज्यको उपस्थिति र कानुनको शासन कायम गर्नका लागि पनि फैसला कार्यान्वयन जरुरी छ ।” फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले अदालतको जनआस्था वृद्धि फैसला कार्यान्वयनबाट हुने उल्लेख गर्दै कार्यसम्पादनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले सँगालो तयार गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अदालतको फैसला छिटो कार्यान्वयन हुँदा पीडितले पनि छिटो न्याय पाउने भएकाले यो पुस्तक न्याय सम्पादन र फैसला कार्यान्वयनसँग सम्बन्धित व्यक्तिका लागि उपयोगी हुनेछ । ” फैसला कार्यान्वयनसँग सम्बन्धित संवैधानिक, ऐन, कानुन, नियममावली, निर्देशिका, नजीर र सर्वोच्च अदालतबाट भएका परिपत्रहरूको व्यवस्थालाई समेटेर यो पुस्तक तयार गरिएको छ । फैसला कार्यान्वयन गर्ने अधिकारी, न्यायालयका कर्मचारी, कानुन व्यवसायी, सरोकार भएका निकाय सबैलाई पुस्तक उपयोगी हुने सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया