सगरमाथा वृक्षरोपण अभियानः पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
पर्वत, २७ असारः नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरेअनुरूप विसं २०८२ देखि विसं २१०२ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म एकमहिने सगरमाथा वृक्षरोपण महाअभियान सञ्चालन गर्दै आएको छ । उक्त अभियानअन्तर्गत पर्वतमा दुई हजार ५०० बिरुवा रोपिएको हो । गत वर्षदेखि सुरु भएको उक्त अभियानअन्तर्गत डिभिजन वन कार्यालय पर्वतको सहयोगमा जिल्लाका विभिन्न क्षेत्रमा जीवनोपयोगी बिरुवा रोपिएको हो । कुश्मा नगरपालिका-७ मा रहेको भड्खोरे सामुदायिक वन, वडा नं २ मा रहेको कालीगण्डकी छमर्केपातल सामुदायिक वन, जलजला गाउँपालिकामा रहेको एकसल्ले सामुदायिक वनमा वृक्षरोपण गरिएको हो ।
अभियानअन्तर्गत करिब दुई हजार ५०० बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा फलफूलजन्य बिरुवा रोपी उपभोक्ताको आयआर्जनमा सुधार गर्दै वन्यजन्तु तथा कार्बन उत्सर्जनमा टेवा पुर्याउने उद्देश्यले यस वर्ष झण्डै दुई हजार ५०० बिरुवा रोपिएको कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार आँप, कटहर, लिची, अम्बा, टिमुर, अमलालगायत पहाडी भेगमा रुख बनेर फल्ने फलफूल जातलाई सामदायिक वन, कबुलीयती वन र सार्वजनिक र खाली रहेको जमिनमा रोपण गरिएको हो । स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा बिरुवा रोपिएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयले निःशुल्क रूपमा उपलब्ध गराएका ती बिरुवाको रेखदेख र संरक्षणको जिम्मा भने उपभोक्ता समितिको रहने छ ।
यसबाट भएको आम्दानीसमेत उपभोक्ता समितिले नै लाभ लिनसक्ने भएका छन् । बिरुवा रोपनमा जिल्लास्थित सरकारी तथा सुरक्षा निकायले पनि सहजीकरण गरिरहेका वन कार्यालयले जनाएको छ । अहिले रोपिएका बिरुवाको उचित संरक्षण भएमा दुई वर्षभित्र आम्दानी हुन थाल्नेछ । यसले बाँदरसहित अन्य वन्यजन्तुको आतङ्क न्यूनीकरण गर्नुका साथै स्थानीयवासीको आयआर्जनमा सुधार गर्दै समग्र जलवायु परिवर्तको असरलाई न्यूनीकरण गर्ने डिभिजन वन कार्यालयका वनअधिकृत राजेश पोख्रेलले जानकारी दिनुभयो ।
विशेषगरी कार्बन उत्सर्जन न्यूनीकरण र जलवायु परिवर्तनको असरलाई अनुकूलनमा योगदान, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण, वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय समुदायको जीवनस्तर सुधार, भावीपुस्ताका लागि सुरक्षित, हरित र समृद्ध वातावरणको निर्माण गर्ने उद्देश्यले वृक्षरोपण अभियान थालिएको पोख्रेलले जानकारी दिनुभयो । यसबाहेक कार्यालयमार्फत घाँससहित विभिन्न प्रजातिका गरी करिब ३० हजार बिरुवासमेत वितरण गरिएको छ । घाँस, फलफूल, जडिबुटीलगायत बिरुवा कार्यालयले निःशुल्क रूपमा वितरण गरेको हो । यस्तै, भू तथा जलाधार व्यवस्थापन कार्यालयले पनि बाँस, निगालो, राईखन्यु, बडहरलगायत विभिन्न प्रजातिका २० हजारभन्दा बढी बिरुवा वितरण गरिएको जनाइएको छ । —
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया