तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने
काठमाडौँ, २८ असार : बेलायतमा हुँदै आएको ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ (इनफा) को तेस्रो संस्करण यसवर्ष नेपालमा आयोजना हुने भएको छ । आगामी साउन ३० गते काठमाडौँमा अवार्ड समारोह आयोजना गरिने आयोजक संस्था इनफा इभेन्ट्स यूके र इनफा नेपालले जनाएको छ ।
अवार्डमा सहभागी चलचित्रमध्ये उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा अवार्ड निर्देशक मनिष कार्कीले विसं २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० चलचित्रमध्ये विभिन्न विधामा उत्कृष्ट पाँचमा छनोट भएका कलाकार तथा प्राविधिकलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो ।
अवार्डको निर्णायक समितिमा वरिष्ठ अभिनेता हरिहर शर्मा संयोजक तथा अभिनेत्री गौरी मल्ल, निर्देशक तथा कलाकार रमेश बुढाथोकी र सम्पादक एवं गीतकार करुण सदस्य रहनुभएको आयोजकले जनाएको छ । निर्णायक समितिका संयोजक हरिहर शर्माले निष्पक्ष मूल्याङ्कनका आधारमा निर्णय गरिएको बताउनुभयो ।
हरेक अवार्डमा विजेता खुसी र छुट्ने पक्ष असन्तुष्ट हुन सक्छन् । तर हाम्रो समितिले कुनै पूर्वाग्रह नराखी विवेकपूर्ण र निष्पक्ष ढङ्गले निर्णय गरेको छ”, उहाँले भन्नुभयो । अवार्ड समारोहमा कूल ३२ विधामा पुरस्कार प्रदान गरिनेछ । दीर्घसाधना सम्मानबाट वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई रु एक लाख ११ हजार १११ नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह, अभिनेता भुवन केसी, प्रमोद अग्रहरि, अभिनेत्री जसिता गुरुङ, खुसी कार्की, उषा उप्रेती, निर्देशक कृषा चौलागाईं, पूर्णेन्दु झा, सुदिप्ता अधिकारीलगायत चलचित्रकर्मीको उपस्थिति थियो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया