मान्म (कालीकोट), २९ असारः कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो । आज दिउँसो १ः३० बजेको सयममा पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नीत्रिवेणी–६ धाँमीगाँउका ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीया लालबहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घट्ट पिस्न गएका बेला घट्टमा बसिरहेको अबस्थामा माथिबाट आएको पहिरोले पुरिएका दुई जनालाई उद्धार गरिएका दुवैको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिनुभयो । “घटनाका सम्बन्धमा स्थल थप अनुसन्धान गर्न आफूसहितको टोली त्यसतर्फ जाँदैछौँ”, उहाँले भन्नुभयो, “घटनास्थल पुगेपछि विस्तृत जानकारी प्राप्त हुनेछ ।
घटना भएको स्थान प्रहरी चौकी मेहलमुडीबाट १० किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लागि रास्कोट नगरपालिकास्थित गौतुकोट अस्पतालका चिकित्सकको टोली घटनास्थलतर्फ आउँदै गरेका सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया