‘परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु हुँदै
काठमाडौँ, ३० असारः जलवायु न्याय र सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै फाउन्डेसन’ले ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु गर्ने भएको छ । फाउन्डेसनका अनुसार अन्तरपुस्ता महिलावादी मञ्चको सहकार्यमा धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यले यो अभियान सुरु गर्न लागिएको हो ।
फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीका अनुसार पछिल्ला वर्षमा बढ्दो उपभोक्तावादी संस्कृतिका कारण चाडपर्वमा आवश्यकभन्दा बढी किनमेल गर्ने, प्लास्टिक धेरै प्रयोग गर्ने र खाद्यान्न खेर फाल्ने प्रवृत्ति बढेको छ । यस्ता अभ्यासलाई कम गर्न अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार यस्ता गतिविधिले वातावरणसँगै महिलामाथि पनि प्रत्यक्ष असर पार्ने भएकाले अभियानले परम्परा र संस्कृतिको सम्मान गर्दै वातावरणमैत्री रूपमा चाडपर्व मनाउन प्रेरित गर्नेछ । फाउन्डेसनले चक्रिय अर्थतन्त्रलाई नेपालीको दैनिक जीवनशैलीमा स्थापित गर्ने लक्ष्य पनि राखेको छ ।
अभियानअन्तर्गत फाउन्डेसनले सन् २०२४ मा ‘ग्रीन तीज’ अभियान सञ्चालन गरेको थियो । त्यस अभियानमा सहभागी महिलाले हरित पर्व मनाउने पाँचबुँदे प्रतिबद्धता गरेका थिए । फाउन्डेसनले जलवायु परिवर्तनको असर कम गर्न नीतिगत सुधारसँगै व्यक्ति र समुदायको व्यवहार परिवर्तनमा पनि जोड दिँदै आएको छ । साथै खाद्यान्न सङ्कट न्यूनीकरण, लैङ्गिक समानता, जल र स्थलको जैविक विविधता संरक्षण तथा साझेदारी प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया