टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
काठमाडौँ, ३० असारः टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यका साथ ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ । नगरप्रमुख प्रकाश अधिकारीले घर र सडक पहिचान गर्न सहज हुनेगरी तयार गरिएको ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को सोमबार शुभारम्भ गर्नुभयो । नगरप्रमुख अधिकारीले टोखाले नगरपालिकालाई प्रविधिमैत्री नगरपालिकामा लैजानका लागि ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को सुरुआत गरेको जानकारी दिनुभयो ।
टोखा–९ बाट सुरु गरिएको उक्त प्रणालीलाई टोेखाका ११ वटै वडामा जडान गरिने उहाँको भनाइ थियो । उक्त प्रणाली जडान गरेसँगै घर ठेगाना सहजै पत्ता लगाउनका साथै विपद्को समयमा एम्बुलेन्स, दमकललगायतका उपकरण पठाउन सहज हुने नगरप्रमुख अधिकारीको भनाइ छ । उक्त प्रणालीले भौगोलिक स्थान र सडकको दूरीका आधारमा प्रत्येक घरलाई छुट्टै विशिष्ट पहिचान (घर नम्बर) प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका सूचना शाखा प्रमुख वसन्त पाठकले मेट्रिक ठेगाना प्रणालीमा सम्बन्धित सडकको सुरु विन्दुबाट घर कति दूरीमा छ, सोही आधारमा घरको ठेगाना निर्धारण गरिने बताउनुभयो ।
यसले गर्दा अपरिचित व्यक्ति वा सेवा प्रदायकलाई कुनै पनि घर वा भवन सजिलै पत्ता लगाउन सहज हुनेछ । तीन वर्ष लगाएर गरिएको अध्ययनअनुसार टोखाभित्र २८ हजार ६४६ भवन, २६ हजार ६१६ घर र २९६ किलोमिटर सडक लम्बाइको नक्साङ्कन गरिएको छ । टोखामा २६ हजारभन्दा बढी घर भए पनि तत्कालका लागि १९ हजार घरमा उक्त प्रणाली लागू गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो ।
उक्त प्रणाली जडान भएसँगै एम्बुलेन्स, दमकल र प्रहरीलाई सम्बन्धित घरसम्म समयमै पुग्न सजिलो हुने, नक्सापास, राजस्व सङ्कलन र विपद् व्यवस्थापन जस्ता सेवाहरूलाई एकीकृत गरी थप प्रभावकारी बनाउन सहज हुने बताइएको छ । यसैगरी, व्यवसायीका लागि आवश्यक तथ्याङ्क उपलब्ध हुनुका साथै सामान डेलिभरी गर्न सहज हुनेछ । टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले टोखालाई आधुनिक र व्यवस्थित सहरको रूपमा स्थापित गर्नका लागि यस्ता प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया