वाग्मती नदीको कटानले टौदहका बस्ती जोखिममा
कीर्तिपुर (काठमाडौँ), ३१ असारः वाग्मती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन् । कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यककाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि पछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन् ।
टौदहका स्थानीयवासी मिलन खड्ले भन्नुभयो “ वाग्मती नदीको कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन् । अहिले नै पूर्वतर्फका कान्लाहरूबाट टौदहको पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्छ ।
वाग्मतीको पारिपट्टि ललितपुर महानगरपालिकाले पर्खाल लगाएपछि वाग्मतीले पश्चिम किनारमा मात्र एकोहोरो कटान गरिरहेको उहाँले बताउनुभयो । यसका साथै पश्चिमतर्फ पनि कीर्तिपुर नगरपालिका–४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले कटान गर्दै लगेको छ । खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाउने तर कीर्तिपुर नगरपालिकाका तर्फबाट त्यसको पहल नगर्ने प्रवृत्तिले गर्दा कटान रोकथामको काम नभएको अर्का स्थानीय अन्जिल खड्का बताउनुहुन्छ ।
रेखाङ्कन र सीमाङ्कनको समस्या विभिन्न निकायहरूले वाग्मती नदीको कटानबाट टौदह र बस्तीलाई जोगाउन टतबन्ध, टेवा पर्खाल आदिका लागि बजेट छुट्याउने गरेका छन् । तर सीमा कहाँसम्म हो भन्ने एकिन नहुँदा त्यस्ता बजेट त्यसै फिर्ता जाने गरेको पनि स्थानीयवासी खड्का बताउनुहुन्छ । “पटकपटक वाग्मती सभ्यतासँग गएर सीमाङ्कन गरिदिन भनेका छौँ तर आजसम्म भएन ।” सीमाङ्कन नभएका कारण निर्माण व्यवससायीले काम सुरु गर्न नमानेको उहाँले बनाउनुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया