घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
मुस्ताङ, ३१ असारः मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयअघि नै सम्पन्न भएको हो । चालु आर्थिक वर्षमा घरपझोङ चक्रपथसँगै ठिनी खोलाको पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको पुल आगामी साउन २० गतेसम्म निर्माणसम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले तोकिएको समयअघि नै काम सकेको हो ।
पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुरेश पाण्डेका अनुसार निर्माण कम्पनीको सक्रियताका कारण घरपझोङ गाउँपालिकाका पाँचै वडा जोड्ने चक्रपथअन्तर्गतको पुल समयअघि नै सम्पन्न भएको हो । यसअघि विभिन्न कारणले छ पटकसम्म म्याद थपिएको घरपझोङ चक्रपथ सडक पनि चालु आर्थिक वर्षमै सम्पन्न भएको उहाँले बताउनुभयो । मुस्ताङ सदरमुकाम जोमसोमबाट ठिनी खोला हुँदै ढुम्बा ताल, छैरो, मार्फा, स्याङ र जोमसोम जोड्ने चक्रपथ निर्माण सम्पन्न भइसकेको छ । अब ठिनी खोलामा पुल बनेपछि घरपझोङ गाउँपालिकाका पाँचै वडाबीच आवतजावत थप सहज भएको छ ।
रु चार करोड ४६ लाख लागतमा निर्माण भएको ३५ मिटर लामो एक स्पानको मोटरेबल पुल निर्माणको जिम्मा अमित अशेष जेभी कन्स्ट्रक्सनले लिएको थियो । पुलको चौडाइ फुटपाथसहित आठ दशमलव चार मिटर छ । निर्माणसम्पन्न भएपछि एक वर्षको परीक्षण अवधिसहित पुल कार्यालयलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुरेश भट्टराईका अनुसार घरपझोङको १० दशमलव पाँच किलोमिटर चक्रपथ सडकअन्तर्गत ठिनी खोलाको पुल सञ्चालनमा आएको हो । पुल सञ्चालनमा आएपछि मुक्तिनाथ दर्शन गरेर फर्कने पर्यटकलाई ढुम्बा ताल अवलोकन गर्न सहज भएको छ ।
साथै ढुम्बा, स्याङ, सम्लेलगायत गाउँका किसानलाई कृषि उपज बजारसम्म पु¥याउन पनि सहज हुने अपेक्षा गरिएको छ । यसअघि ठिनी खोलामा पक्की पुल नहुँदा वर्षायाममा स्थानीयवासी र पर्यटकलाई आवतजावत गर्न निकै कठिन हुने गरेको थियो । पुल सञ्चालनमा आएपछि वर्षभरि नै सवारीसाधन सञ्चालन गर्न सहज भएको छ ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया