वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण
भोजपुर, ३१ असारः वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । सुक्खा समयमा वन्यजन्तुलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय भोजपुरको समन्वय र प्राविधिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी निर्माण गरेको हो ।
वन क्षेत्रमा तापक्रम बढ्नु र पानीका स्रोत सुक्दै जान थालेपछि वन्यजन्तु बस्ती क्षेत्रमा पस्ने समस्या बढ्दै गएको छ । यस्तो अवस्थामा त्यस्ता पोखरीले वन्यजन्तु संरक्षणमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाले बताउनुभयो । डिभिजन वन कार्यालयका वन अधिकृत नुर मुहमत मियाका अनुसार वन्यजन्तु तथा बासस्थान संरक्षण कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरिएको हो । पोखरी निर्माणमा कार्यालयको रु पाँच लाख र उपभोक्ता समूहको श्रमदान बराबर रु ५३ हजार गरी कुल पाँच लाख ३८ हजार खर्च भएको छ ।
वन क्षेत्रमा नै पानीको व्यवस्था भएपछि मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । “वनमा पानीको अभाव हुँदा वन्यजन्तु बस्तीमा पस्ने गरेका छन् । त्यसलाई रोक्न यस्ता संरचना आवश्यक छन्,” उहाँले भन्नुभयो । डिभिजन वन कार्यालयका कर्मचारी सीताराम ओझाले पोखरी निर्माणले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । पानी सहज रूपमा उपलब्ध भएपछि वन्यजन्तुलाई वन क्षेत्रमै बस्न सहज हुने उहाँको भनाइ छ । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर भट्टराईले पोखरी निर्माणले वनको जैविक विविधता संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।
यस्ता संरचनाले वन्यजन्तुको बासस्थान जोगाउन र वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्ने उहाँले बताउनुभयो । जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै जानु र खडेरी बढ्दै जाँदा वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा भुल्के छोक्ला सामुदायिक वनमा निर्माण गरिएको पोखरी वन्यजन्तु संरक्षणका लागि उपयोगी हुने स्थानीयवासीको भनाइ छ । वन कार्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया