प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छाैंः मुख्यमन्त्री यादव
जनकपुरधाम, ३१ असारः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न लागिएको बताउनुभएको छ । मधेस प्रदेशसभामा प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३ माथि छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मुख्यमन्त्री यादवले पछिल्लो समय नागरिकमा मानसिक समस्या बढ्दा आत्महत्या र आत्मदाहजस्ता घटना हुने गरेकाले प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न लागिएको बताउनुभयो ।
शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको परिवारलाई राहत उपलब्ध गराइने घोषणा गर्दै मुख्यमन्त्री यादवले मङ्गलबार राति आत्मदाहको प्रयास गरेका रौतहटको गरुडा नगरपालिका–९ का २८ वर्षीय गौतमकुमार सहनीको स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । यसैगरी मुख्यमन्त्री यादवले मधेस प्रदेशमा अहिले करिब १० हजार मेट्रिक टन चामल भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गरी प्रदेशलाई धान र चामलमा आत्मनिर्भर बनाउन प्रयत्नशील रहेको बताउनुभयो ।
उहाँले सप्तरी र सिरहामा आँप खेती, सर्लाहीमा गोलभेँडाखेती तथा रौतहत र बारामा केरा खेतीलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । मधेस प्रदेशमा दुई बाली धान र एक बाली खेतीलाई जोड दिएको बताउनुहुँदै मुख्यमन्त्री यादवले बढ्दो फजुल खर्च कटौती गर्न प्रदेश सरकारले हालका १२ मन्त्रालयलाई घटाएर नौ बनाउने र प्रदेश सरकारअन्तर्गत निकाय तथा कार्यालयलाई समायोजन गर्न लागिएको बताउनुभयो । उहाँले प्रदेशसभा सदस्यबाट प्राप्त सुझावलाई सरकारले आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया