Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठसमाचारजनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन


काठमाडौँ, ३ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घीय सांसदरूलाई निर्देशन गर्नुभएको छ । एमालेको केन्द्रीय संसदीय विभागले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले तथ्यमा आधारित बहस, जनसरोकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसद्मा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास पनि व्यक्त गर्नुभयो । “बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र होइन ।

एमालेले राजनीतिक अनुभवलाई विज्ञहरूको ज्ञान, अनुसन्धान र बौद्धिक क्षमतासँग जोड्ने हिसाबले यो प्रशिक्षण गरेको छ”, उहाँले भन्नुभयो, “जनताको आवाज नीति निर्माण तथ्य र प्रमाणमा आधारित भएर अझ बुलन्द बनाउन, सरकार अझ बढी जवाफदेही बनाउन तपाईँहरू सक्षम, जिम्मेवार र दूरदर्शी प्रतिपक्षको नयाँ मानक स्थापित गर्न लाग्नुपर्नेछ ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शङ्कर पोखरेल, संसदीय दलका उपनेता पद्माकुमारी अर्याललगायतले प्रशिक्षण दिनुभएको थियो ।



तपाईको प्रतिक्रिया