प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
काठमाडौँ, ६ साउनः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वावधानमा सञ्चालित ट्राफिक नियन्त्रण तालिमअन्तर्गत ४५ कार्यदिनको तालिम मङ्गलबार सफलतापूर्वक सम्पन्न भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित समापन कार्यक्रममा कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यस अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले तालिमबाट हासिल भएको ज्ञान, सीप र दक्षतालाई कार्यक्षेत्रमा इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले तालिममा प्रहरी सहायक हवल्दार १८ र प्रहरी जवान ३२ जना प्रशिक्षार्थी सहभागी भएका बताउनुभयो ।
ताजा अपडेट
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
- लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
- मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया