मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
सुर्खेत, ६ साउनः मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउन महिनाभर मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह गरेको छ । कार्यालयले मङ्गलबार सरोकारवाला र पत्रकारसँग अन्तरक्रिया गर्दै कर्णाली प्रदेशमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले यसको रोकथामका लागि सबैको सहकार्य आवश्यक रहेको जनाएको हो ।
कार्यालय प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्यप्रति समयमै ध्यान नदिँदा समाज र परिवारमा गम्भीर असर पर्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटना न्यूनीकरणका लागि सबैले समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो । सिएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले सकारात्मक सोच, आत्मसम्मान र जीवनका चुनौतीसँग सामना गर्ने क्षमता विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले मानसिक समस्या देखिएका व्यक्तिलाई सहयोग गर्न र आवश्यक परे आत्महत्या रोकथामसम्बन्धी राष्ट्रिय हटलाइन ११६६ प्रयोग गर्न आग्रह गर्नुभयो । साथै स्थानीय तह र विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । यसैबीच फरक एक प्रसङ्गमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय बिसीले डेङ्गु रोगबाट बच्न घरआँगन सफा राख्न, पानी जम्न नदिन र लामखुट्टेको बासस्थान नष्ट गर्न आग्रह गर्नुभयो ।
ताजा अपडेट
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
- लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
- मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया