चालु आर्थिक वर्षका योजना र बजेट कार्यान्वयनबारे सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
रामेछापको सुनापति गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन भएका विकास योजना, बजेट कार्यान्वयनको अवस्था तथा सेवा प्रवाहबारे स्थानीय नागरिकलाई विस्तृत जानकारी गराएको थियो।
गाउँपालिकाका अनुसार यस आर्थिक वर्षमा विभिन्न पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक विकासका योजनाहरू कार्यान्वयन गरिएका छन्। साथै, स्थानीय सरकार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन गाउँकार्यपालिकाबाट २४ वटा कानुन स्वीकृत गरिएको जानकारी पनि सार्वजनिक सुनुवाइमार्फत दिइएको छ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले गाउँपालिकाको कामकारबाही, बजेट खर्च, विकास निर्माण र सेवा प्रवाहबारे जिज्ञासा तथा सुझाव राखेका थिए भने गाउँपालिकाले उठेका प्रश्नहरूको जवाफ दिँदै आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र जनउत्तरदायी ढंगले सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सार्वजनिक सुनुवाइलाई स्थानीय सरकार र नागरिकबीचको विश्वास, जवाफदेहिता र सुशासन सुदृढ गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा समेत लिइएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया