विद्युतमा लगाएको कर खारेजी माग्दै उनेपाले थाल्यो हस्ताक्षर अभियान
काठमाडौं । उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरू गरेको छ ।डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न मागसहित हस्ताक्षर अभियान थालिएको हो ।
माइतीघरबाट अभियान सुरु गर्दै उनेपा अध्यक्ष कुलमान घिसिङले विद्युत र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाइएको खारेजीको माग गरे ।
इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मर/लाइन पड्किन्छ भनी प्रधानमन्त्रीबाट भ्रम फैलाइएको भन्दै उनले आपत्तिसमेत जनाए ।
नेपालमा विद्युतीय सवारी व्यापक बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा, ७०-८० प्रतिशतसम्म भन्सार र कर बढाएर पुनः पेट्रोल-डिजेल र ग्यास आयातलाई नै बढावा दिने गलत नीति लिएको उनको टिप्पणी छ ।राइड सेयरिङ र २०-३० हजार कमाउने साधारण श्रमिकहरूमाथि करको भार थोपरिएको भन्दै उनले विरोध जनाए ।हस्ताक्षर अभियानको थालनीमा सीके राउत, ऋषि धमलालगायत पुगेका थिए ।
स्रोत: “नेपाल प्रेस”
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया