बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्यो उद्धार अभियान
१२ भदौ, काठमाडौं । पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ।
अलजजिराले चिनियाँ राज्य सञ्चालित प्रसारकहरूलाई उद्धृत गर्दै चीन सरकारले उद्धार टोलीलाई घटनास्थलबाट एक किलोमिटर टाढा हट्न आदेश दिइएको छ। विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रका अझै सयौँ मानिस बेपत्ता छन्।
चीनले तिब्बतमा पुनः बाढी आउन सक्ने उच्च जोखिम रहेको भन्दै शुक्रबार उद्धार कार्य स्थगित गरेको छ। तिब्बतमा गएको विनाशकारी पहिरोको दुई दिनपछि पनि सयौँ मानिसहरू बेपत्ता रहेको अवस्थामा राज्य-नियन्त्रित सञ्चारमाध्यमले सो जानकारी दिएको हो।
चीन-नेपाल सीमामा पहिरोपछि थुप्रिएको अत्यधिक भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएर उद्धार टोलीहरू गइरहेको क्षेत्रतर्फ पानी बग्न थालेको चिनियाँ सरकारी प्रसारक संस्था सीसीटीभीले जनाएको छ।
‘सबै उद्धार टोलीहरूलाई सुरक्षित स्थानमा तयारी अवस्थामा (स्ट्यान्डबाई) रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको छ,’ सीसीटीभीले भनेको छ।
यसअघि उक्त क्षेत्रमा पुगेका आपत्कालीन टोलीहरूलाई ‘एक किलोमिटर पछि हट्न आदेश दिइएको छ,’ सीसीटीभीले थप जानकारी दिएको छ।
बुधबार तिब्बतको सीमावर्ती केन्द्र केरुङमा माटो र भग्नावशेषसहितको पहिरो खसेपछि उक्त ताल बनेको थियो। यस घटनामा सयौँ बेपत्ता भएको खबर छ।
सीसीटीभीका अनुसार निरन्तरको वर्षाका कारण आगामी तीन दिनसम्म तालको जलस्तर बढ्ने र सेप्टेम्बर १ (भदौ १६) आसपासमा उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ।
यसले गर्दा ‘ताल फुट्ने जोखिम बढाएको छ, जसले तल्लो तटीय क्षेत्रमा बाढी पठाउन सक्छ र केरूङ बन्दरगाह तथा तल्लो तटीय क्षेत्रका अन्य ठाउँहरूमा थप क्षति पुर्याउन सक्ने सम्भावना छ,’ सरकारी समाचार एजेन्सी सिन्ह्वाले बिहीबार अबेर राति रिपोर्ट गरेको छ।
आपत्कालीन इन्जिनियरिङ टोलीहरूले स्थितिको सूक्ष्म निगरानी गरिरहेको सीसीटीभीले जनाएको छ।
शुक्रबारसम्म प्रकोपग्रस्त क्षेत्रबाट ४९९ चिनियाँ नागरिक र ५५५ जना विदेशीलाई सुरक्षित स्थानमा सारिएको सीसीटीभीले बताएको छ।
उद्धारकर्मीहरूले अझै बेपत्ता रहेकाहरूको खोजी गर्न ड्रोनमा आधारित थ्रीडी मोडलिङ र थर्मल इमेजिङ प्रविधिको साथै म्यानुअल (प्रत्यक्ष) खोजी कार्य गरिरहेका एएफपीले जनाएको छ ।
ताजा अपडेट
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
- बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्यो उद्धार अभियान
- रसुवा बाढी : ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन
- नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया