Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठसमाचारभारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने

भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने


१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको असर छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रमा पनि देखिन थालेको छ ।

उत्तर प्रदेशको महराजगञ्जमा गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीन जना गरी सात जनाको शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ । जसमा पाँच महिला र दुई पुरुषका शव छन् ।

‘नेपालमा आएको भीषण बाढीका दौरान नदीमा बगेका शवहरू तीव्र बहावका साथ भारततर्फ आएको आशंका गरिएको छ,’ समाचारमा भनिएको छ ।

सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानीका दौरान शवहरू बग्दै गरेको देखेको बताइएको छ ।

उद्धार टोलीले मोटरबोटको सहायतामा ती शवहरू नदीबाट बाहिर निकालेको समाचारमा उल्लेख छ ।

‘शवहरू महराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालय पठाइएको छ,’ समाचारमा भनिएको छ, ‘अहिलेसम्म शवको पहिचान हुन सकेको छैन ।’

साभार : अनलाइनखबर


तपाईको प्रतिक्रिया