यातायात कार्यालयबाट १२ करोड बढी राजस्व सङ्कलन
काँक्रेविहार। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट रु १२ करोड बढी राजस्व सङ्कलन भएको छ ।
कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा रु १२ करोड ५७ लाख ७० हजार ६५९ राजस्व सङ्कलन भएको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले जानकारी दिए । यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर, प्रशासनिक दण्ड जरिवाना र जफत बापतको रकम सङ्कलन गरिएको हो ।
यातायात कार्यालय सुर्खेतबाट रु ११ करोड नौ लाख २० हजार ७३९ सङ्कलन भएको छ । जुम्लाबाट रु ६५ लाख ४२ हजार ३१९ सङ्कलन भएको जनाइएको छ । त्यसैगरी चौरजहारीस्थित कार्यालयबाट रु ८३ लाख सात हजार ६०१ सङ्कलन भएको प्रवक्ता सुवेदीले जानकारी दिए । प्रदेश सरकारले तीन ठाउँबाट सङ्कलन गरेको राजस्व हरेक महिना सार्वजनिक गर्दै आएको छ ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया