यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता
संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाहयान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अवस्थाबारे टेलिफोन संवाद भएको छ । दुवै नेताले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पर्न सक्ने प्रभावबारे गम्भीर छलफल गर्नुभएको बताइएको छ ।
संयुक्त अरब इमिरेट्सको सरकारी समाचार संस्थाका अनुसार दुई नेताले विशेषगरी मध्यपूर्वको परिस्थितिले समुद्री मार्गको स्वतन्त्रता, ऊर्जा सुरक्षा तथा विश्व अर्थतन्त्रमा पार्न सक्ने असरबारे विचार आदानप्रदान गर्नुभएको थियो । वार्ताका क्रममा दुवै देशबीचको द्विपक्षीय सहयोग तथा रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।
दुवै नेताले आपसी सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको समाचारमा उल्लेख छ । यसैबीच, राष्ट्रपति पुटिनले रुस र युक्रेनबीच कैदी आदानप्रदान गराउन संयुक्त अरब इमिरेट्सले गर्दै आएको मध्यस्थता प्रयासको प्रशंसा गर्नुभएको छ ।
उहाँले उक्त पहललाई मानवीय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको समाचार संस्थाले जनाएको छ ।
ताजा अपडेट
- वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
- पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति
- नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता
- दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद
- छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’
- राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव
- बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’
- भिरबाट लडेर दुई जनाको मृत्यु
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया