अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित
अमेरिकाको आइडाहो राज्यस्थित माउन्टेन होम वायुसेना केन्द्रमा आयोजित हवाई प्रदर्शनका क्रममा आइतबार दुई सैन्य विमान आपसमा ठोक्किएका छन् । दुर्घटनापछि विमानमा रहेका चारै चालकले प्यारासुटमार्फत सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी नौसेनाका अनुसार, वासिङ्टन राज्यको व्हिड्बी टापुस्थित इलेक्ट्रोनिक आक्रमण स्क्वाड्रनसँग सम्बन्धित दुईवटा युद्धक विमान हवाई प्रदर्शन गरिरहेका बेला आकासमै एकआपसमा ठोक्किएका थिए । दुर्घटनापछि वायुसेना केन्द्रलाई तत्काल बन्द गरिएको थियो भने बाँकी हवाई प्रदर्शन कार्यक्रम रद्द गरिएको जनाइएको छ ।
प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियोहरूमा विमानहरू आकासमा एकअर्कासँग ठोक्किएपछि चारवटा प्यारासुट खुलेको देखिन्छ । त्यसपछि दुवै विमान जमिनतर्फ खस्दै ठूलो आगोको गोलाजस्तो विस्फोट भएको थियो । अधिकारीहरूका अनुसार, चारै चालकको अवस्था स्थिर रहेको छ र अन्य कुनै मानवीय क्षति भएको छैन ।
घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । अमेरिकी नौसेनाले दुर्घटनाबारे विस्तृत छानबिन भइरहेको जनाएको छ । हवाई प्रदर्शन आयोजना गर्न सहयोग गरेको संस्था ‘सिल्भर विङ्स अफ आइडाहो’ की विपणन निर्देशक किम साइक्सले “सबैजना सुरक्षित हुनु नै सबैभन्दा महत्वपूर्ण कुरा हो” भन्दै राहत व्यक्त गर्नुभएको छ ।
एक प्रत्यक्षदर्शी शेन ओग्डेनले आफूले भिडियो खिचिरहेका बेला विमानहरू एकअर्काको अत्यन्त नजिक आएको र त्यसपछि ठोक्किएको बताउनुभएको छ । उहाँका अनुसार, चालकहरू बाहिर निस्केपछि विमानहरू सँगै जमिनमा खसेर विस्फोट भएका थिए । दुर्घटनामा संलग्न युद्धक विमानहरू अत्याधुनिक इलेक्ट्रोनिक युद्ध प्रणालीयुक्त विशेष सैन्य विमान मानिन्छन् ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया