रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट
रुस र युक्रेनबीच जारी युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको र तीमध्ये एक हजार ४५ वटा ड्रोन रुसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ । यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक मानिएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार, खसालिएका ड्रोनहरूसँगै एक ‘नेप्च्युन–एमडी’ निर्देशित मिसाइल र एक ‘फ्लेमिङ्गो’ क्रुज मिसाइल पनि नष्ट गरिएको छ ।
मन्त्रालयले रुसी सेनाले जवाफी कारबाहीस्वरूप युक्रेनका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ । आरआईए नोभोस्ती समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार, रुसी सेनाले ड्रोन निर्माण तथा भण्डारण केन्द्र, युक्रेनी सशस्त्र समूहहरूको अस्थायी तैनाथी स्थल र युक्रेनका पक्षमा लडिरहेका विदेशी भाडाका सैनिकहरूको अड्डालाई लक्षित गरी हमला गरेको थियो । यसअघि आइतबार बिहान रुसी रक्षा मन्त्रालयले रातभरिमा मात्रै ५५६ वटा युक्रेनी फिक्स्ड–विङ ड्रोन खसालिएको जानकारी दिएको थियो ।
ती ड्रोनहरू रुसका विभिन्न क्षेत्र हुँदै राजधानी मस्कोतर्फ लक्षित गरिएको बताइएको छ । मस्कोका मेयर सेर्गेई सोब्यानिनका अनुसार, पछिल्लो २४ घण्टामा राजधानी मस्को क्षेत्रमा मात्रै १२० भन्दा बढी ड्रोन खसालिएका छन् । रुसी सरकारी समाचार संस्था टासले यसलाई एक वर्षभन्दा बढी अवधिमा मस्कोमाथि गरिएको सबैभन्दा ठूलो ड्रोन आक्रमणको रूपमा वर्णन गरेको छ । यस घटनाले रुस–युक्रेन युद्ध थप तीव्र बन्दै गएको संकेत दिएको विश्लेषकहरूले बताएका छन् । पछिल्ला महिनाहरूमा दुवै पक्षले ड्रोन तथा मिसाइल प्रयोगमा उल्लेखनीय वृद्धि गरेका छन् ।
विशेषगरी, युक्रेनले रुसी सैन्य संरचना, इन्धन भण्डारण केन्द्र र राजधानी आसपासका क्षेत्रमा ड्रोन आक्रमणलाई तीव्र बनाएको देखिएको छ । यद्यपि, युक्रेनतर्फबाट यस घटनाबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । युद्धका कारण दुवै देशमा ठूलो मानवीय तथा भौतिक क्षति भइरहेको छ भने अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्न कूटनीतिक पहल बढाउन आग्रह गरिरहेको छ ।
ताजा अपडेट
- अमेरिका–नेपाल साझेदारी विस्तारमा जोड
- साताव्यापी खोज अभियानः खैरो हेरोइनसहित ११ जना पक्राउ
- रास्वपा सभापति लामिछाने भारत प्रस्थान
- तेह्र वर्षमुनिको उपाधि पल्सर सिइसीलाई
- परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
- बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी
- विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधान सेनापति
- वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया