क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ । लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर–पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो । सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागी बिस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम चालेको हो ।
भेन्टुरा काउन्टी अग्नि विभागका अनुसार मङ्गलबार बिहानसम्म आगलागीले दुई वर्गमाइल (करिब पाँच वर्गकिलोमिटर) भन्दा बढी क्षेत्रफल जलेको छ भने कम्तीमा एउटा घर पूर्ण रूपमा नष्ट भएको छ । प्रारम्भिक चरणमा आगलागी ३० माइल प्रतिघण्टा (४८ किलोमिटर प्रतिघण्टा) को गतिमा फैलिएको थियो । तर रातभर हावाको गति केही कम भएपछि नियन्त्रण प्रयासमा राहत मिलेको अग्नि विभागका प्रवक्ता एन्ड्र्यु डाउडले जानकारी दिनुभयो । उहाँका अनुसार अनुकूल मौसमका कारण अग्नि नियन्त्रक टोलीले केही प्रगति गरे पनि हावा फेरि तीव्र हुन सक्ने जोखिम कायमै छ ।
हालसम्म आगलागी करिब पाँच प्रतिशत मात्र नियन्त्रणमा आएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् । सिमी भ्याली क्षेत्रमा एक लाख २५ हजारभन्दा बढी जनसङ्ख्या रहेको बस्ती वरिपरि अझै पनि निकासी आदेश र चेतावनीहरू कायम छन् । बाक्लो धुवाँका कारण क्षेत्र धुम्मिएको छ भने अग्नि नियन्त्रकहरूले हवाईमार्फत पानी खसालेर आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् ।
यसैबीच, दक्षिणी क्यालिफोर्नियाको तटीय क्षेत्रमा रहेको सान्ता रोजा टापुमा पनि अर्को ठूलो डढेलो फैलिएको छ । करिब २३ वर्गमाइल (५९ वर्गकिलोमिटर) क्षेत्रफलमा फैलिएको उक्त आगलागीले एउटा क्याबिन र एउटा उपकरण भण्डारण भवन ध्वस्त पारेको छ । आगलागीका कारण राष्ट्रिय निकुञ्ज सेवाका ११ जना कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
मङ्गलबार बिहानसम्म त्यहाँ आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । क्याम्पिङ र पदयात्राका लागि लोकप्रिय सान्ता रोजा टापु वन्यजन्तुहरूको महत्वपूर्ण वासस्थान पनि हो, जहाँ ब्वाँसो, धब्बेदार स्कङ्क र हात्ती सिल जस्ता प्रजातिहरू पाइन्छन् ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया