कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
कश्मीरमा प्रहरी र आन्दोलनरथ समुहका सदस्यहरू बिचको झडपमा परि मृत्यु हुनेको सङ्ख्या २० जना पुगेको एएफपीले जनाएको छ । आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का समर्थकहरूले गत हप्ता आतङ्कवाद विरोधी कानुन अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढिरहेको जनाइएको छ । यस अघि तीन जना सर्वसाधारण र चार जना प्रहरी अधिकारीसहित सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूलाई उल्लखे गर्दै एएफपीले जनाएको छ ।
स्थानीय सरकारका शिक्षा मन्त्री मलिक जफरले आफ्नो निर्वाचन क्षेत्र कोटलीमा यस हप्ता प्रदर्शनकारी र प्रहरीबीचको झडपमा सात जनाको मृत्यु भएको बताएको एएफपीले जनाएको छ । रावलकोट सहरका शीर्ष नागरिक अधिकारी आयुक्त सरदार वाहिदले चार जना प्रहरी अधिकारीसहित १२ जनाको मृत्यु भएको बताउनु भएको छ ।
मिरपुर सहरका वरिष्ठ प्रहरी अधिकारी खुर्रम इकबालले बुधबार प्रहरीसँग भएको झडपमा एक जना प्रदर्शनकारीको मृत्यु भएको बताउनु भएको छ । मुख्य सहर मुजफ्फराबादका धेरै पसलहरू यस हप्ता जेएएसीले व्यवसायहरू बन्द गर्न आह्वान गरेको समर्थनमा बन्द भएका छन् भने मोबाइल तथा इन्टरनेटको पहुँच सिमीत गरिएको जनाइएको छ ।
जेएएसीका सदस्यहरूले आर्थिक र राजनीतिक अधिकारका लागि प्रदर्शन गरिरहेको भन्दै उनीहरूलाई आतङ्कवादी समूहको रूपमा “दमन“ गरेकोमा निन्दा गरेका छन् । जेएएसीको नेतृत्वमा प्रहरी र प्रदर्शनकारीहरू बिचको हिंसात्मक झडपले यसअघि सेप्टेम्बरमा हिमालय क्षेत्रमा कब्जा गरेको थियो, जसमा नौ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया