Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Friday, July 17, 2026
गृहपृष्ठविदेशगाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान

गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान


संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय मानवीय कानून अनुसार गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको सुरक्षा गर्न आह्वान गरेको छ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले विज्ञप्ति जारी गर्दै गाजामा नागरिक तथा नागरिक पूर्वाधार, सहायता कर्मीहरू र उनीहरूको सम्पत्ति इजरायली हवाई आक्रमण र गोलाबारीको जोखिममा रहेको चेतावनी दिएको छ ।

पछिल्लो इजरायली हवाई आक्रमणले देइर अल–बलाहमा एउटा मानवीय सङ्गठनको भवनलाई क्षति पुरÞ्याएको विज्ञप्तिमा उल्लेख छ भने पूर्वाधारमा भएको क्षेतिका कारण केरेम अबु सलेम सिमा हुदै हुँदै गाजामा आपूर्तिको प्रवेश पनि घटेको जनाइएको छ ।

पश्चिम क्षेत्रका बासिन्दाहरूका लागि पानी र सरसफाइ सेवाहरूको पहुँचको कमि र उत्तरी वेस्ट ब्याङ्क, दक्षिणमा मासफर यट्टा र अन्य क्षेत्रहरूमा बसोबास गर्नेहरुका लागि द्धन्द्ध आवागमन प्रतिबन्धको ठर रहेको विज्ञप्तिमा उल्लेख छ । संयुक्त राष्ट्र ससङ्ले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर कमजोर परिवारहरूका लागि गाजामा खाना, औषधि लगायतका समाग्री आपूर्तिहरू ढुवानी गरेको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन र यसका साझेदारहरूले २६ जना बिरामी र उनीहरूका साथीहरूको लागि आवाश्क मेडिकल निकासीलाई पनि सहयोग गरेका छन् ।



तपाईको प्रतिक्रिया