अमेरिका–इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर अमेरिका–इरान समझदारीपत्र (एमओयू) कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्ट पुग्नुभएको छ । पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार पाकिस्तानी प्रतिनिधिमण्डलले वार्ताका क्रममा अमेरिकी, इरानी तथा कतारी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्राविधिक तहको वार्ता छिट्टै सुरु हुने र सोमबारसम्म जारी रहन सक्ने जनाइएको छ ।
यद्यपि छलफलका लागि कुनै औपचारिक समयसीमा तोकिएको छैन । प्रतिवेदनअनुसार समझदारी पत्रको कार्यान्वयनलाई अगाडि बढाउन तथा बाँकी रहेका विषय टुङ्ग्याउन आवश्यकताअनुसार वार्ता जारी रहनेछ ।
उक्त वार्ता अमेरिका र इरानबीच हालै हस्ताक्षर भएको समझदारी ज्ञापनपत्रको कार्यान्वयन प्रक्रियालाई केन्द्रमा राखेर हुन लागेको हो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया