अमेरिकी आक्रमण पछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर स्वदेश प्रस्थान
पछिल्लो अमेरिकी आक्रमण पछि इरानी राष्ट्रपति मसूद पेजेस्कियन इराकबाट तेहरान फर्किएको इरानी सरकारी मिडिया आईआरआईबीलाई उद्धृत गर्दै सीएनएनले रिपोर्ट गरेको छ । पेजेस्कियन पूर्व इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन इराकी शहर नजफ पुगेको जनाइएको छ ।
यस हघि होर्मुजको जलमार्ग पार गर्ने व्यापारिक जहाजहरूमा भएको आक्रमणको जवाफमा संयुक्त राज्य अमेरिकाले इरान–विरुद्ध श्रृङ्खलाबद्ध सैन्य आक्रमणहरू सुरु गरे पछि पेजेस्कियनले इराकको भ्रमण छोट्याएर स्वदेश फर्किएको सिएनएनले जनाएको छ । समाजिक सञ्जाल एक्समा युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले अमेरिकी सेन्ट्रल कमान्ड फोर्सहरूले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकहरूद्वारा सञ्चालित व्यापारिक जहाजहरूलाई लक्षित गर्न र आक्रमण गर्न इरान विरुद्ध श्रृङ्खलाबद्ध शक्तिशाली आक्रमणहरू सुरु गरेको जनाइएको छ ।
इरानको आक्रामकता अनावश्यक, खतरनाक र युद्धविरामको स्पष्ट उल्लङ्घन भन्दै सेन्टकमले इरानले स्ट्रेट अफ होर्मुज पार गर्ने तीन वटा व्यापारिक जहाजहरूमा आक्रमण गरे पछि आक्रमण गरिएको बताएको छ । यसैबीच, दक्षिणी इरानको सिरिक र केशम नजिकै धेरै विस्फोट भएको रिपोर्ट गरिएको छ । अल जजिराका अनुसार व्यावसायिक र माछा मार्ने घाटहरूमा क्षेप्यास्त्र प्रहार भए पछि सिरिक बन्दरगाहमा धेरैवटा विस्फोट भएको इरानी मिडियाले जनाएका छन् ।
इरानलाई अगस्ट –२१ सम्म कच्चा तेल र सम्बन्धित उत्पादनहरू उत्पादन गर्न, बेच्न र परागमन गर्न अस्थायी रूपमा अनुमति दिएर गत जुनमा जारी गरिएको इजाजतपत्र यस अघि अमेरिकाले मङ्गलबार, रद्द गरेको थियो द्वन्द्वको अन्तिम समाधानको लागि चरणबद्ध वार्ताको बीचमा भएको आक्रमणले तेहरान माथि दबाब बढेको जनाइएको छ ।
ताजा अपडेट
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
- बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्यो उद्धार अभियान
- रसुवा बाढी : ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन
- नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया