‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट प्रहरीले गर्यो म्याग्दीमा ११५ थान बन्दुक बरामद
बेनी। यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
उनका अनुसार सबैभन्दा धेरै रघुगङ्गा गाउँपालिका क्षेत्रबाट ४८ थान भरुवा बन्दुक बरामद भएको छ । अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट १६, मालिका गाउँपालिका क्षेत्रबाट २०, मङ्गला गाउँपालिका क्षेत्रबाट १४, धवलागिरि गाउँपालिका क्षेत्रबाट छ र बेनी नगरपालिका क्षेत्रबाट ११ थान इजाजत पत्र नभएका भरुवा बन्दुक बरामद भएको छ ।
म्याग्दीमा समेत पर्ने ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र र विभिन्न सामुदायिक वनहरुमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामा समते भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजत पत्र नलिईकन लुकाई–छिपाई राखिएका भरुवा बन्दुकलाई संकलन गरी बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका एकाइबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जङ्गल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीय स्तरमै बनाइएको र चालु अवस्थामै रहेको भेटिएको छ। इजाजत पत्र नलिईकन भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया