Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Friday, July 17, 2026
गृहपृष्ठमुख्य समाचारबैतडीबाट एमालेका दामोदर भण्डारी एकल सिफारिस

बैतडीबाट एमालेका दामोदर भण्डारी एकल सिफारिस


बैतडी । आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले बैतडीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा नेकपा (एमाले) केन्द्रिय सदस्य एवं निवर्तमान मन्त्री दामोदर भण्डारीलाई सर्वसम्मत सिफारिस गरेको छ।

आज बसेको जिल्ला कमिटीको बैठकले भण्डारीलाई बैतडी जिल्ला बाट प्रत्यक्ष तर्फको उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस गरेको पार्टी सचिवालय सदस्य लोकेन्द्र भण्डारीले जानकारी दिए ।

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेबाट एक जनाको नाम मात्रै सिफारिस भएकाले भण्डारी उम्मेदवार हुने पक्का भएको हो। यसका साथै बैठकले निर्वाचन केन्द्रित कार्यक्रमहरु समेत तयार गरेको छ ।

राजनीतिमा भण्डारीले बैतडीबाट यस अघि लगातार तेस्रो जित निकालेका छन् । २०७० सालको संविधान सभा, २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट लगातार  जित्दै  मन्त्रीसमेत भइसकेका छन् । यसरी लगातार निर्वाचन जित्ने उनी बैतडीको पहिलो कम्युनिष्ट नेतामा पर्छन् ।

 



तपाईको प्रतिक्रिया