कांग्रेस कार्यसम्पादन समितिको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ। बैठक बिहीबार (पुस २४) अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनाअनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आयोजना गरिनेछ। सूचनामा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्देशानुसार उपस्थित हुन अनुरोध गरिएको छ।
पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर चुलिएको विवादका कारण बैठक बोलाइएको संस्थापन पक्षका नेताहरूले बताएका छन्। विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने आशङ्का रहेको भन्दै त्यसबारे छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ।
पछिल्लो समय नेपाली कांग्रेसभित्र आन्तरिक विवाद बढ्दै गएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरिने भन्दै प्रतिनिधिहरूलाई उपस्थित हुन आग्रह गरेका छन्। यद्यपि, संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गर्दै आएको छ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया