आईजीपी कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो ।
नेपाल प्रहरीले निर्वाह गर्दै आएको जिम्मेवारी, संघर्ष र सेवाभावलाई गीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको छ । गीतमा प्रहरी कर्मचारीहरूले दिनानुदिन भोग्दै आएको संघर्ष, जोखिमपूर्ण जिम्मेवारी तथा आम नागरिकको सुरक्षाका लागि गरिएको निश्वार्थ सेवाको यथार्थ चित्रण गरिएको छ ।
गीतकार कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा नवयुवा पुस्ताले गरेको आन्दोलनका क्रममा प्रत्यक्ष अवलोकन र अनुभूत गरेका घटनालाई यस गीतमा समेटिएको छ । नवयुवा आन्दोलनपश्चात् खरानीबाट उठेर पुनः नागरिक सेवा र सुरक्षामा समर्पित प्रहरीको मनोभाव, अनुशासन, देशप्रतिको जिम्मेवारी र आम नागरिकप्रतिको कर्तव्यबोधलाई गीतले भावनात्मक रूपमा उजागर गरेको छ ।
गीतमा दिपक शर्माको संगीत, उदय राज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
गायक थानेश्वर गौतम, शान्ति श्री परियार, समिर खरेल, सदिच्छा कट्टेल र सहिमा श्रेष्ठले गीतमा स्वर दिएका छन् ।
गीतको भिडियोमा सुरक्षा पन्त, सुर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदिप पट्टेल, कृतिका बस्नेत लगायत कलाकारहरूको अभिनय रहेको छ । मानव सुवेदीको कथा तथा निर्देशन रहेको भिडियोमा सौरभ लामिछानेको छायांकन र सरोज ओलीको भिडियो कन्सेप्ट रहेको छ ।
गीतको प्रदर्शनी कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी अधिकृत र जवानहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया