राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ, २६ माघः राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का, महँगी नियन्त्रणसहित आगामी निर्वाचनको सुरक्षासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद गोमादेवी तिमिल्सिनाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका नेपालीको शव स्वदेश फर्काउन र हराइरहेका श्रमिकको खोजी कार्य तीव्र पार्ने पहल गर्न सरकासँग आग्रह गर्नुभयो ।
सांसद जयन्ती देवी राईले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको चिन्ताजनक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दुर्गाकुमारी गुरुङले विकास निर्माणमा देखिएको अवरोधतर्फ सङ्केत गर्दै विकास बजेट रोक्का नगर्न स्पष्ट आग्रह गर्नुभयो ।
यस्तै, आगामी निर्वाचनलाई लक्षित गर्दै नरबहादुर विष्ट र सुरेशकुमार आलेमगरले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । सांसद विष्टले विशेषगरी झापा जिल्लामा सम्भावित द्वन्द्व र झडपको जोखिमप्रति समयमै सचेत रहन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद युवराज शर्माले निष्पक्ष निर्वाचनका लागि वर्तमान संविधानका पक्षधर शक्तिहरूले कडा र स्पष्ट प्रस्तुति दिनुपर्ने धारणा राख्नुभयो । सांसद भुवनबहादुर सुनारले महँगी नियन्त्रणको विषय उठाउँदै ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल कदम चाल्न आग्रह गर्नुभयो ।
सांसद मदनकुमारी शाह (गरिमा)ले सुदूरपश्चिमका सडकहरू असुरक्षित बन्दै गएको बताउँदै यात्रु सुरक्षाका लागि तत्काल सुधार आवश्यक रहेको बताउनुभयो । सांसद राजेन्द्र लक्ष्मी गैरेले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम गम्भीर सङ्कटमा रहेको बताउँदै यसलाई जोगाउन सरकार तुरुन्त अघि बढ्नुपर्ने माग गर्नुभयो । उहाँले कर्मचारी र सेवाग्राही दुवैलाई हतोत्साहित हुनेगरी मापदण्ड बनाउन नहुने तर्कसमेत प्रस्तुत गर्नुभयो ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया