निःशुल्क कानुनी सहायता कार्यक्रमबाट लाभान्वित हुने बढ्दै
महेन्द्रनगर (धनुषा), २९ माघः मधेस प्रदेश सरकारले सञ्चालन गरिरहेको निःशुल्क कानुनी सहायता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मुख्य न्यायाधिवक्ता डा सुनिलरञ्जन सिंहले प्रदेशमा निःशुल्क कानुनी सहायताका कारण गरिब तथा सीमान्तकृत वर्गका नागरिकलाई न्याय प्राप्तिमा सहज भएको बताउनुभयो ।
आर्थिक अभावका कारण न्याय पाउनबाट बञ्चित हुनसक्ने अवस्था न्यूनीकरणका लागि दलित, विपन्न, अपाङ्गता तथा पछाडि परेका वर्गका नागरिकलाई लक्षित गरी मुख्य न्यायाधिवक्ता कार्यालयमार्फत कार्यक्रम सञ्चालन भइरहेको छ । मुख्य न्यायाधिवक्ता डा सिंहले भन्नुभयो, “नेपालको संविधानले हरेक नागरिकलाई सहज रूपमा न्याय पाउने हक सुनिश्चित गरेको छ ।
त्यसलाई कार्यान्वनका लागि प्रदेश सरकारले निःशुल्क कानुनी सहायता कार्यक्रम सञ्चालन भइरहेको छ । यसले प्रदेशमा सुशासन र न्यायिक प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुगेको छ ।” यहाँ प्रदेशका आठ वटै जिल्लामा कानुनी सहायता अधिकृतको व्यवस्था गरी सेवा प्रवाह भइरहेको र यसले लक्षित वर्गका नागरिकको अदालतसम्म सहज पहुँचमा योगदान गरिरहेको उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०७५/७६ देखि प्रदेशमा यो कार्यक्रम सुरु गरिएको हो । लक्षित वर्गका सेवाग्राहीले जिल्ला, उच्च, सर्वोच्च तथा प्रशासकीय अदालतसम्म निःशुल्क कानुनी सहयोग पाउँदै आएका छन् । कार्यालयका अनुसार पहिलो वर्षमा एक सय आठ जनाले सेवा लिएकामा २०७६/७७ मा एक सय १०, २०७७/७८ मा एक सय ४४, २०७८/७९ मा दुई ३८ र २०८१/८२ मा तीन सय ६८ जनाले निःशुल्क कानुनी सहायता लिएका छन् ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया