पेरुमा उद्धार उडानका क्रममा सैन्य हेलिकप्टर दुर्घटना: ७ बालबालिकासहित १५ को मृत्यु
पेरुको अरेक्विपा क्षेत्रमा बाढी प्रभावितहरूको उद्धारमा खटिएको एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ। मुसलधारे वर्षा र बाढीका कारण सङ्कटमा परेकाहरूको खोजी र राहतका लागि उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद भई हेलिकप्टर दुर्घटनामा परेको बीबीसीले जनाएको छ। ज्यान गुमाउनेमा चालक दलका चार सदस्य र ११ जना यात्रु रहेका छन्, जसमा सात जना निर्दोष बालबालिका समेत परेका छन्। लेदोसहितको पहिरो र नदीमा आएको ठूलो बाढीले उक्त क्षेत्रमा व्यापक क्षति पुर्याएपछि सैन्य टोली उद्धार कार्यमा परिचालन गरिएको थियो।
यसैबीच, स्थानीय सञ्चारमाध्यमका अनुसार बाढीले बगाएर एक वृद्धा र चट्याङ लागेर एक पुरुषको पनि मृत्यु भएको छ। बाढीले घरहरू क्षतिग्रस्त तुल्याई बसोबास नै असम्भव बनाएपछि अरेक्विपाका स्थानीय अधिकारीहरूले केन्द्र सरकारसँग तत्काल थप सहयोग र राहतको अपिल गरेका छन्।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया