Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Friday, July 17, 2026
गृहपृष्ठमुख्य समाचारचुनावमा ग्यास अभाव हुन नदिन आयल निगमको ‘एक्सन’: एकैदिन भित्रियो अहिलेसम्मकै धेरै १३८ बुलेट ग्यास

चुनावमा ग्यास अभाव हुन नदिन आयल निगमको ‘एक्सन’: एकैदिन भित्रियो अहिलेसम्मकै धेरै १३८ बुलेट ग्यास


आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन नेपाल आयल निगमले आयातमा निकै तीव्रता दिएको छ। निर्वाचनका बेला हुन सक्ने सम्भावित माग र कृत्रिम अभावलाई मध्यनजर गर्दै निगमले भारतीय आयल कर्पोरेसन (IOC) बाट ग्यासको लोडिङ बढाएको हो।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार, हिजो (फागुन १२ गते) यो वर्षकै सबैभन्दा धेरै परिमाणमा ग्यास लोड भएको छ। एकै दिन १३८ बुलेट ग्यास लोड हुनु यस वर्षकै उच्च रेकर्ड हो। निर्देशक भट्टले भन्नुभयो, “हामीले निर्वाचनको समयमा उपभोक्तालाई कुनै पनि समस्या नहोस् भनेर उच्च दरमा ग्यास भित्र्याइरहेका छौँ।”

यद्यपि, बजारमा भने उपभोक्ताहरूले अझै पनि सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्। कतिपय ठाउँमा अभावको हल्लाले गर्दा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय गर्न खोज्दा पनि समस्या देखिएको छ। तर, निगमले भने बजारमा बाहिर हल्ला आएजस्तो कुनै अभाव नरहेको र चुनावको अवधिभर आपूर्ति व्यवस्थालाई नियमित र सहज बनाइने दाबी गरेको छ।



तपाईको प्रतिक्रिया