३९ जना मतदाताका लागि हिउँसँग लडाइँ: मुस्ताङ-डोल्पा सडक खनेर साङ्तामा चुनाव गराइँदै
हिमाली जिल्ला मुस्ताङमा निर्वाचनको उत्साह कति छ भन्ने एउटा रोचक उदाहरण साङ्ता गाउँमा देखिएको छ। मुस्ताङको सबैभन्दा दुर्गम र ढिलो पत्ता लागेको गाउँ भनेर चिनिने वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्रसम्म चुनावी टोली पुर्याउन ४ महिनादेखि हिउँले पुरिएको सडक खन्न सुरु गरिएको छ।
४ महिनापछि खुल्दै मुस्ताङ-डोल्पा सडक
गएको कात्तिक १० गते परेको भारी हिमपातका कारण यो सडक पूर्ण रूपमा अवरुद्ध थियो। समुन्द्री सतहदेखि ४ हजार ५०० मिटरको उचाइमा रहेको साङ्ता जाने बाटो खुलाउन वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङको नेतृत्वमा हिउँ पन्छ्याउने कार्य सुरु भएको हो। मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर–पश्चिमतर्फ पर्ने यो क्षेत्र मुस्ताङ र डोल्पा जोड्ने नाका समेत हो।
३९ मतदाताको अमूल्य मत
साङ्ता गाउँमा जम्मा ३९ जना मतदाता रहेका छन्। मतदाताको संख्या कम भए पनि उनीहरूको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न र चुनावी कर्मचारी तथा सामग्री सुरक्षित रूपमा पुर्याउन प्रशासन र स्थानीय तहले हिउँ पन्छ्याउने कार्यलाई प्राथमिकता दिएको छ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया