खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाप्रति चिन्ता बढेको छ। इरानले अमेरिकी सैन्य उपस्थित भएका क्षेत्रहरूलाई लक्षित गर्दै जवाफी आक्रमण तीव्र पारेपछि खाडी क्षेत्रमा अस्थिरता बढेको हो।
खाडीका साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, बहराइन र ओमान लगायतका मुलुकमा करिब १९ लाख नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क छ। ती देशहरूमा रहेका विमानस्थल, आवासीय भवन, होटल तथा तेलखानीजस्ता महत्वपूर्ण पूर्वाधार लक्षित आक्रमण भइरहेका समाचार सार्वजनिक भइरहेका छन्। यसले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूमा असुरक्षाको भावना बढाएको छ।
युद्ध लम्बिँदै गए परिस्थिती अझ जटिल बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ। नेपालको परराष्ट्र मन्त्रालय ले खाडी मुलुकहरूको अवस्थाबारे निरन्तर अनुगमन भइरहेको जनाएको छ।
श्रम तथा द्वन्द्व व्यवस्थापन विज्ञ मीना पौडेलले यस्तो अवस्थामा व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ। उहाँका अनुसार आफू सुरक्षित रहनु, सहकर्मीहरूसँग समन्वय गर्नु तथा सम्बन्धित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहनु अत्यन्त आवश्यक छ।
विज्ञ पौडेलले स्थानीय सरकारका सुरक्षा निर्देशन तथा कार्यस्थलका नियम–कानूनको पालना गर्न, आफू बसेको देशको कानुनी व्यवस्था बुझ्न, रोजगारदाताको नीति–नियम मान्न र प्राप्त सूचना साथीहरूलाई पनि जानकारी गराउन आग्रह गर्नुभएको छ। साथै, नेपालमा रहेका परिवारजनसँग निरन्तर सम्पर्कमा रहन, सामाजिक सञ्जालमा फैलिएका अपुष्ट हल्लामा विश्वास नगर्न र कुनै समस्या परेमा सम्बन्धित दूतावासलाई तुरुन्त जानकारी गराउन उहाँले सुझाव दिनुभयो।
परराष्ट्र मन्त्रालयले पनि सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आह्वान गरेको छ। मन्त्रालयले सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्न तथा मन्त्रालय वा सम्बन्धित देशस्थित नेपाली दूतावासहरूसँग सम्पर्कमा रहन आग्रह गरेको छ।
सरकारले हाल द्वन्द्व प्रभावित देशहरूमा रहेका नेपाली नागरिकलाई त्यहीँ सुरक्षित राख्ने नीति अपनाएको जनाएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया