सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास
भक्तपुर, २ चैत : बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नंं ८ पलाँसेमा आज आयोजित कार्यक्रममा उहाँले सो सडकको शिलान्याससँगै स्तरोन्नतीको काम समेत सुरु भएको बताउनुभयो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सो सडक निर्माण एवं स्तरोन्नतीका लागि रु ३० करोड बजेट विनियोजित गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ हुँदै सूर्यविनायक चक्रपथलाई सहज रूपमा यस सडकले जोड्ने मन्त्री थापाले बताउनुभयो । पलाँसेबाट दुर्गम मानिएको काँक्राबारी, आशापुरी, नैचाल, पर्यटकीयस्थल रानीकोट, घ्याम्पेडाँडा हुँदै तारेक्वर सडक खण्डको कालोपत्रसमेत गर्नेगरी बजेट व्यवस्थापन गरेर आजैदेखि निर्माण सुरु भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले यो सडकको निर्माणसँगै सूर्यविनायक नगरपालिका भित्र रहेका शिव मन्दिरहरू जोड्ने शिव सर्किटमा जानआउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सडक निर्माण भएसँगै यहाँका ग्रामीण क्षेत्रका उत्पादनलाई सहज रूपमा बजारीकरण गर्न, यस क्षेत्रमा फस्टाउँदै गएको पयर्यटन व्यवसायलाई अझै विस्तार एवं विकसित गर्न सहयोग पुग्नेछ ।
ताजा अपडेट
- ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने
- दुई फर्मलाई विभागको जरिवाना
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
- लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया