इनिशा विक हत्या प्रकरणः दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
काठमाडौँ, २ चैतः बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन् । साथै, यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटना दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ । ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो । मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीका साथ लागि परेको उहाँले बताउनुभयो । गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीय बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको थि
ताजा अपडेट
- ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने
- दुई फर्मलाई विभागको जरिवाना
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
- लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया